इन्द्र राज्यलक्ष्मी कुलपति रनिङ सिल्ड प्रतियोगिताको सेमिफाइलनमा प्रवेश

पाेखरा | माघ १०, २०७९

इन्द्र राज्यलक्ष्मी कुलपति रनिङ सिल्ड प्रतियोगिताको सेमिफाइलनमा प्रवेश

पोखराः    इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय गण्डकी विश्वविद्यालयल आयोजनामा गरेको कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ । 


पोखरा रंगशालामा मंगलबार भएको क्वाटरफाइनल खेलमा छोरेपाटन माध्यमिक विद्यालयलाई ३–० ले पराजित गर्दै राज्यलक्ष्मी सेमिफाइनलमा प्रवेश गरेको हो । राज्यलक्ष्मीको जितमा दिनेश घर्तिमगरले २ र कमल घर्तिमगरले १ गोल गरे । दिनेशले खेलको १२औं मिनेटमा गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाएका थिए । त्यसको २ मिनेटमै दिनेशले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि पहिलो हाफमा दुवै टिमबाट थप गोल हुन सकेन । 


खेलको दोस्रो हाफ ३९औं मिनेटमा राज्यलक्ष्मीका कमल घर्तिमगरले गोल गर्दै टिमलाई तेब्बर अग्रता दिलाए । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र राज्यलक्ष्मी ३–० ले विजयी हुँदै सेमिफाइलनमा प्रवेश गर्न सफल भयो । 


सहिद स्मृति आवसिय माध्यमिक विद्यालय, भद्रकाली माध्यमिक विद्यालय र कालिका माध्यमिक विद्यालय प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सहिद स्मृति आवसिय माध्यमिक विद्यालयले विन्ध्यवासिनी माध्यमिक विद्यालयलाई १–० क्वाटरफाइनलमा प्रवेश गरेको हो । सहिद स्मृतिका राजेश विकले खेलको ४९ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । 


पोखरा आदर्श माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्दै भद्रकाली माध्यमिक विद्यालय क्वाटरफाइनलमा प्रवेश गरेको हो । भद्रकालीका दीपेश गुरुङ र जीवन गुरुङले गोल गरे । दीपेशले खेलको दोस्रो मिनेटमा र जीवनले ५२औं मिनेटमा गोल गरे । 


कालिका माध्यमिक विद्यालयले प्रतिभा माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । कालिकाका समुन्द्र सुवेदी ५औं मिनेट समुन्द्र सुवेदीले गोल गर्दा कुशन राई १७औं मिनेटमा थप एक गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि भने दुवै टिमबाट गोल हुन सकेन र कालिका क्वाटरफाइलनमा प्रवेश गरेको हो । 


सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ । 


यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो ।

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्